राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने



काठमाडौं।नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ ।

राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि हालसम्म आफूहरुसँग भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै समर्थन फिर्ता लिने भएको हो ।

आज त्यही विषयमा आधिकारिक निर्णय गर्न अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । राजपा नेपालका एकजना महासचिवले भने, ‘अब समर्थन दिएर बरिरहने अवस्था छैन, आजको अध्यक्ष मण्डलको बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गर्ने सम्भावना छ ।’

राजपा नेपालले सविधान संशोधन लगायत मधेश आन्दोलनको क्रममा पक्राउ परेका र थुनामा रहेकालाई रिहाईको माग गरेको छ । त्यसै अनुसारको सम्झौता पनि भएको थियो ।

राजपा नेपालका सांसद रेशम चौधरी अहिले थुनामा छन् । सो पार्टीले चौधरीको रिहाईको माग गर्दै आएको छ ।

राजपा नेपालले दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम नेपाललाई सरकार बनाउनमा सहयोग गरेको छ भने केन्द्रको सरकारलाई विश्वासको मत दिएको छ ।फोरम नेपाल केन्द्र सरकारमा सहभागी नै भएको छ ।

प्रकाशित : ८ श्रावण २०७५, मंगलवार १६:५६