लघु बीमालाई विशेष जोड दिदै बीमा समिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लघु बीमालाई विशेष जोड दिदै बीमा समिति



काठमाडौं । बीमा समितिले लघु बीमालाई विशेष अभियानको रुपमा संचालन गर्ने भएको छ । चालु आर्थिक बर्षको बजेट मार्फत आएको कूल बीमाको १० प्रतिशत अनिवार्य रुपमा लघु बीमा गराउनु पर्ने भन्ने ब्यवस्था कार्यान्वयन गर्न समितिले यस्तो अभियान संचालन गर्ने भएको हो ।

अबका दिनमा केन्द्रमा मात्र सिमित नरहेर आगामी दिनमा ग्रामीण तथा न्यून आयस्तर भएका बीमकसम्म पुग्ने लक्ष्य लिएको समितिले बताएको छ ।

लघुबीमा मार्फत समितिले न्यून आय भएका र दुरदराजसम्मका नेपालीको सम्पती सुरक्षित गर्न यस्तो अभियान सुरु गर्न लागिएको समितिका अध्यक्ष चिरन्जीबी चापागार्इंले जानकारी दिए ।

‘हामीले बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गराएका छौं, अब बीमा सेवा पनि बृद्धि गर्नुपर्छ, यसैको एउटा पाटोको रुपमा र बजेटमै आएको कार्यक्रम कार्यान्वयनको लागि पनि लघु बीमालाई विशेष केन्द्रीत गर्दैछौं,’ अध्यक्ष चापागाईंले  भने ।

लघु बीमा विस्तार गर्न समितिले लघु वित्तीय संस्थाहरुसँग सहकार्यमा काम गर्ने तयारी गरेको छ । लघु वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जा अनिवार्य बीमा गराउने र त्यस्तो बीमालाई लघु बीमा अन्तरगत राख्ने तयारी समितिको छ ।

चापागाईले हालसालै भएको कम्पनीको पुँजी बृद्धि तथा नयाँ बीमा कम्पनीको लाइसेन्स दिएका बीमाको पहुच बढेको उनले बताए । अघिल्लो आर्थिक बर्षसम्म ७ प्रतिशतको हाराहारीमा रहेको बीमाको पहुच गत असार मसान्तमा बढेर ११ प्रतिशत पुगेको उनले जानकारी दिए ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार १२:२५