विभाग र ट्राफिक प्रहरीबीच जुहारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विभाग र ट्राफिक प्रहरीबीच जुहारी



काठमाडौं । यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखाबीच समन्वय नहुँदा मंसिर १४ देखि जारी गरिएको स्मार्ट लाइसेन्स नियमनमा अन्योल देखिएको छ । सडकमा गुडेका सवारी नियमनको जिम्मेवारी महानगरीय ट्राफिक प्रहरीलाई यो लाइसैन्स कहाँ नियमन गर्ने र त्यसको रेकर्ड कहाँ राख्ने भन्ने विषयमा पत्तै छैन ।

लाइसेन्स स्मार्ट भए पनि वाहकले मादक पदार्थ सेवा (मापसे) वा अन्य नियम उल्लंघन गरे ट्राफिकले निवेदनमार्फत विभागलाई कारबाहीको सिफारिस गर्नुपर्ने भएको छ । विभागले ट्राफिकलाई स्मार्ट लाइसेन्सको सफ्टवेयर ‘लिंक’ उपलब्ध नगराउँदा यस्तो समस्या देखिएको कारोबारमा खबर छ ।

मंसिर १४ गते उपप्रधान एव भोतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तामझामका साथ विद्युतीय सवारी अनुमति पत्र (स्मार्ट कार्ड) लागू भएको घोषणा गरेका थिए । त्यसको एक सातापछिदेखि बागमती अञ्चल यातायात कार्यालय लाइसेन्सले प्रक्रिया पुर्‍याई शुक्रबारदेखि सर्वसाधारणका लागि स्मार्ट कार्ड वितरण थालेको हो । त्यसयता ५६ वटाभन्दा बढी लाइसेन्स वितरण भइसकेका छन् ।

प्रकाशित : ८ पुष २०७२, बुधबार ०४:३१