यस्ताे छ वोमी माईक्रोफाइनान्सकाे अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस्ताे छ वोमी माईक्रोफाइनान्सकाे अवस्था



काठमाडौं । वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटड ले चालु आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ३ करोड ९५ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ८६ दशमलव ९७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा वोमीले मुनाफा २ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१० करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको वोमी माईक्रोफाइनान्सले जगेडाकोषमा ६ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४५ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब २३ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ९२ दशमलव ५८ प्रतिशतले वृद्धि गरेको हो ।

कम्पनीको खुद व्याज आम्दानी ३९ दशमलव ६५ प्रतिशतले बढेर ८ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९१ दशमलव ४३ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । वोमी माइक्रोफाइनान्सले ७४ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३९ दशमलव ०८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ दशमलव ४४ गुणा, तरलता अनुपात ३० दशमलव ५२ गुणा र प्रति शेयर नेटवर्थ १ सय ६४ दशमलव ७३ रुपैयाँ रहेको । निष्कृय कर्जा शुन्य दशमलव ६५ प्रतिशत रहेको छ भने पूँजीकोषको अनुपात १३ दशमलव ६६ प्रतिशत रहेको छ ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार १४:४२