सिद्धार्थ बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिद्धार्थ बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट पाउने छन् । सिद्धार्थ बैंक र नर्भिक हस्पिटलबीच भएकाे सम्झौता अनुसार बैंकका ग्राहक तथा ग्राहकका परिवारहरुले नर्भिक हस्पिटलमा स्वास्थ्य सेवा लिँदा सो मात्राको छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले डेविट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थ यूनो क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।

बैंकले हाल देशभर १२१ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११८ एटीएम र ९०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार २१:४७