पञ्चकन्या मार्इको अाइपिअो बाँडफाट कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पञ्चकन्या मार्इको अाइपिअो बाँडफाट कहिले ?



काठमाडाै । पञ्चकन्या मार्इ हाइडोपारले निष्काशन गरेको आइपिओको बाँडफाँट शुक्रबार हुने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका स्थानिय बासिन्दाका लागि उक्त सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले निष्काशन गरेको आइपिओमा १०.४६ गुणा बढि आवेदन परेको छ भने, पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले शुक्रबार आईपिओ बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।धितोपत्र बोर्डले गरेको निर्देशिका अनुसार प्रत्येक आवेदकलाई दश कित्ता सेयरका दरले बाँडफाँड गर्दा एक लाख एक सय जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् ।

प्रकाशित : १० श्रावण २०७५, बिहीबार ०९:०२