महालक्ष्मी विकास बैंकले नाफा बढायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महालक्ष्मी विकास बैंकले नाफा बढायो



काठमाडौ । महालक्ष्मी विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ करोड ६८ लाखले बढेको छ । यो नाफा २६.३१ प्रतिशतले बढेको हो । यो बैकले अघिल्लो वर्ष ४४ करोड ४२ लाख रुपैयाँ खुँद मुनाफा गरेको थिया ।

यस्तो नाफा गत आवमा ५६ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

यो बैंकले गत आवसम्ममा २७ अर्ब २७ करोड ४७ लाख रुपैयाँको निक्षेप संकलन गरेर २१ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी १७ करोड ६७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । गत आवमा यो बैंकले निष्कृय कर्जा अनुपात ३.८८ प्रतिशत रहेको छ । यसको सीडी रेसियो ६९.११ प्रतिशत छ ।

यसको आधार दर १२.४३ प्रतिशत रहेको छ भने बार्षिक तरलता औषतमा ४.२८ प्रतिशत रहेको थियो । यको प्रति शेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १५४ .३० रुपैयाँ रहको छ ।

प्रकाशित : १० श्रावण २०७५, बिहीबार ११:४२