काठमाडौं आइपुग्यो दोस्रो वाइडबडी विमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौं आइपुग्यो दोस्रो वाइडबडी विमान



 काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३३०-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

‘मकालु’ नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ ।नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको  लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।

यसअघि गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

निगमका अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

प्रकाशित : १० श्रावण २०७५, बिहीबार १२:२८