प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्री ओली र डा. केसी पक्षबीच वार्ता शुरु



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र अनशनरत डा.गोविन्द केसी पक्षबीच वार्ता भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा डा. केसीका मागहरुको विषयमा कुराकानी भइरहेको वार्तामा संलग्न डा केसीका एक सहयोगीले  बताए ।

‘डा. केसीका मागका बारेमा सरकार र प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ’ वार्तामा संलग्न केसीका सहयोगीले भने,‘अजै ब्रेक थ्रु हुने सम्भावना छ ।’

यसअघि बुधबार सरकार र केसीको वार्ता टोलीबीचको वार्ता विना कुनै निष्कर्ष सकिएको थियो । तर मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसीपक्षसँग पुन छलफल गरेका थिए । छलफल सकारात्मक भएपछि पुन अहिले प्रधानमन्त्रीसँग छलफल भइरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले केसीको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै डा. केसीका मागमा सकारत्मक प्रतिक्रिया जनाएका छन् ।

डा. गोविन्द केसी २७ दिन देखि अनशनमा छन् ।

प्रकाशित : १० श्रावण २०७५, बिहीबार १३:०८