अमेरिका।अमेरिका स्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी टीम सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा प्रथम हुन सफल भएको छ । विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले ठूलो सफलता हात पारेको हो ।
गत चैत्रमा मलेशियामा भएको एशिया प्रशान्त क्षेत्र स्तरको प्रतियोगितको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेसँगै सोचवेयर टीम यही जुलाइमा अमेरिकामा भएको विश्वप्रतियोगितामा भाग लिन गएको थियो । टिम सोचवेयर तीन युवा विद्यार्थीको समुह हो । सुचना प्रविधिले नै समाजको विकास गर्न सकिने विश्वास राखेका टिम सोचवेयरमा नेपाल इन्जिनियरिङ्ग कलेजका ईडा रिजाल, मदन भण्डारी मेमोरियल कलेजका शिशिर श्रेष्ठ र कलेज अफ इन्फरमेशन टेक्नोलोजी एण्ड इन्जिनियरिङ्गका मिलन थापा रहेका छन् ।

यस संस्करणको विश्व प्रतियोगितामा ४९ ओटा टिमले भाग लिएका थिए ।
Comment