सीमा क्षेत्रमा प्रहरीको उच्च सतर्कता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सीमा क्षेत्रमा प्रहरीको उच्च सतर्कता



नवलपरासी । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभयो ।
करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी पश्चिम जिल्लाको नेपाल– भारत क्षेत्रमा पश्चिममा सनईदेखि पूर्वमा सुस्तासम्म गरी कूल १६ वटा सीमा स्तम्भ छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको समेत कार्य क्षेत्र रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरअन्तर्गत जिल्ला कमाण्ड पोष्ट एक, अस्थायी पोष्ट एक, बिओपी तीन, औद्योगिक सुरक्षा बेस दुई र सुरक्षा बेस तीन छन् ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार ११:५०