पञ्चकन्या माई हाइड्रोपावरको आर्इपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पञ्चकन्या माई हाइड्रोपावरको आर्इपीओ बाँडफाँड



काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आर्इपीओ  बाँडफाँड भएको छ । गोलाप्रथाबाट १ लाख १०० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएकोमा ४६ हजार २८९ जना आवेदकको हात खाली भएको छ ।

कुल १ लाख ४६ हजार ३८९ जना आवेदकहरूमध्ये १ लाख १ सय आवेदकले मात्र १० कित्ताको दरले आइपीओ पाएकाछन् । भाग्यमानीको छनौट गोलाप्रथाबाट गरिएको हो । यो कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेबाहेक सर्वसाधारणका लागि मात्रै १० लाख १ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो ।

कम्पनीले साउन १ गतेदेखि खुलाएको आइपीओमा साउन ६ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो । कुल ११ लाख कित्ता आइपीओमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५५ हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिसकिएको छ ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार १२:०४