रिलायन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रिलायन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने



काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका छ । साधारणसभाले प्रस्ताव पारित गरेकाले आईपीओ निष्कासन गर्न कम्पनी व्यवस्थापनलाई बाटो खुला भएको छ ।

सभाले ताराचन्द केडियालाई सर्वसम्मत रुपमा कम्पनीको अध्यमा चयन गरेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । कम्पनीले हाल ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

कम्पनीले हाल मेरो मुटु बालयोजना, सुखमय जीवन सवाधिक तथा आजीवन, सुरक्षित जीवन सवाधिक, धनफिर्ता १५ र २० वर्ष, जीवन शान्ति बीमा योजना सञ्चालनमा ल्याएको छ । साथै कम्पनीले हालै ७,११ र १८ घातक रोगहरु विरुद्धको रक्षावरण र सामुहिकम्यादी बीमा योजना पनि अघि ल्याएको छ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार १४:११