बिम्स्टेक पूर्वसम्मेलन आगामी साता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिम्स्टेक पूर्वसम्मेलन आगामी साता



काठमाडौँ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आगमी साता काठमाडौमा प्रिसमिट (पूर्वसम्मेलन) हुनेभएको छ ।

सरकारीस्तरमा नभइ जनस्तरमा यही साउन १७ र १८ गते बिम्स्टेकको प्रिसमिट हुन लागेको हो । ‘इन्स्टिच्युट फर स्ट्राटेजिक सोसियो–इकनमिक रिसर्च’ नामक संस्थाको अगुवाइमा हुने उक्त सम्मेलनमा सबै सदस्य देशका विदेश मन्त्रालयका बहालवाल तथा सेवा निवृत्त उच्च अधिकारीले भाग लिने छन् ।

आयोजक संस्थाका कायममुकायम अध्यक्ष प्रा गोविन्द नेपालका अनुसार प्रिसमिटमा बिम्स्टेक सदस्य देशका राजदूत, विदेश÷बाह्य मामिला÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकृत, विद्वत् वर्ग र सामाजिक–आर्थिक जीवनका प्रतिष्ठित व्यक्तिले भाग लिनेछन् ।

विम्स्टेक देशका आर्थिक–सामाजिक विषय तथा गरिबीजस्ता जनसरोकारका मुद्दालाई लिएर उक्त संस्थाले गरेका अध्ययन प्रतिवेदन प्रिसमिटपछि बिम्स्टेकको अध्यक्ष मुलुक नेपाललाई बुझाइने जानकारी पनि उहाँले दिनुभयो ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार १४:२५