ग्लोबल आइएमई बैंकले ल्यायोे स्मार्ट सेवा,यस्ता छन बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकले ल्यायोे स्मार्ट सेवा,यस्ता छन बिशेषता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल मै पहिलो पटक नयाँ रुपमा मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि शुक्रबार(आज)देखि उक्त सेवालाई परिमाजन गरेको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यिूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ ।

बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्तर्गत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने (सेल्फ रजिस्ट्रेशन) सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ । त्यसैगरि, फोनिपेको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने विशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुबिधा पनि रहेको छ ।

यसअघि पनि ग्राहकले ग्लोबल स्मार्ट मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, आफु रहेको स्थानको लोकेशन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेकोमा यि सम्पूर्ण सुबिधालाई नयाँ रुपमा ग्राहक सामू प्रस्तुत गरेको छ । यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार १३:४२