नेप्सेमा ४ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा ४ अंकको गिरावट



napsa काठमाडौं । नेप्से परिसूचक ४ दशमलव ८४ अंकले घटेर १ हजार १ सय ३३ दशमलव ३४ को बिन्दुमा कारोबार बन्द भएको छ । साथसाथै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १ दशमलव १० अंकले गिरावट भई २ सय ४३ दशमलव २९ को बिन्दुमा कारोबार बन्द भएको छ । आज नेप्सेमा ७ वटा समुहहरुको कारोबार भएको छ । कारोबार भएका समुहहरु मध्ये जलविद्युत समुहको अत्याधिक यानी १७ दशमलव ४५ अंकले वृद्धि भएको छ । त्यसै गरी बिकाश बैंक समुहको ५ दशमलव ९२ अंकले र बित्तिय समुहको २ दशमलव २४ अंकले वृद्धि भएको छ भने होटेल समुहमा अत्याधिक २७ दशमलव ९१ अंकले, बैंकिंग समुहमा ९ दशमलव ९८ अंकले र  बीमा समुहमा २ दशमलव ०९ अंकले गिरावट आएको छ । आज अन्य समुहमा भने कुनै पनि परिवर्तन भएको छैन ।

कारोबारको आधारमा आज पनि एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ जसको ५ करोड ५६ लाख ७ हजार ७ सय ३४ रुपैया बराबरको पुँजी परिचालन भएको छ । त्यसै गरी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड १८ लाख ९५ हजार ८ सय २१ रुपैयाँ र लुम्बिनी बैंकको २ करोड १७ लाख ३७ हजार ६ सय १६ रुपैयाँ बराबरको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, मुक्तिनाथ बिकाश बैंक, प्राइम कर्मसियल बैंक, लक्ष्मी बैंक र नेपाल ग्रामीण बिकाश बैंकको १ करोड भन्दा माथिको कारोबार गरी कारोबार रकमको आधारमा टप १० को लिस्टमा परेका छन् ।

आज इनोभेटिभ डेभलपमेन्ट बैंकको आज शेयरको मूल्य ९ दशमलव ९८ प्रतिशतले अत्याधिक बढेको छ । त्यसैगरी मिरर्मिरे माइक्रोपÞmाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले आफ्नो शेयरको मुल्यमा ९ दशमलव ९७ प्रतिशतले, नेपाल इन्स्योरेन्स कम्पनीको शेयरको मूल्य ९ दशमलव ९३ प्रतिशतले, क्लीन भिलेज माइक्रोपÞmाइनान्स बित्तिय संस्थाको ९ दशमलव ७९ प्रतिशतले, नेपाल ग्रामीण बिकाश बैंकको ९ दशमलव ७० प्रतिशतले, युनाइटेट इन्स्योरेन्स कम्पनी नेपालको ९ दशमलव ६९ प्रतिशतले, प्रिमियर इन्स्योरेन्सको ९ दशमलव ४८ प्रतिशतले, अरुण फाइनान्सको ९ दशमलव २० प्रतिशतले, हिमालयन जेनरल इन्स्योरेन्सको ९ दशमलव ०७ प्रतिशतले र वोमी माइक्रोपÞmाइनान्स बित्तिय संस्थाको ७ दशमलव ७२ प्रतिशतले मुल्यमा वृद्धि भएको छ,

आज सेन्चुरी कर्मर्सियल बैंकको ४ दशमलव २९ प्रतिशतले मुल्यमा अत्याधिक गिरावट आएको छ । साथ साथै हिमालयन बैंकको ३ दशमलव ६० प्रतिशतले, कृषि बिकाश बैंकको ३ दशमलव १२ प्रतिशतले र हामा मर्चेन्ट एण्ड  फाइनान्स लिमिटेडको ३ दशमलव ०६ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित : ८ पुष २०७२, बुधबार १३:४०