सिटी एक्सप्रेस फाइनान्सले हकप्रद सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटी एक्सप्रेस फाइनान्सले हकप्रद सेयर जारी गर्ने



काठमाडौं । सिटी एक्सप्रेस फाइनान्सकाे दर्ता किताब बन्द हुने भएकाे छ । फाइनान्सले  हकप्रद बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद बिक्रीका लागि साउन २१ गते  दर्ता किताब बन्द हुने जानकारी दिएकाे छ । सिटीले १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हाल यसको चुक्ता पुँजी २८ करोड २ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ करोड १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ ३० रुपैयाँ ५८ पैसा छ ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १२:५३