फास्ट ट्रयाक प्रक्रियाबाट औषधि किन्ने प्रक्रिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फास्ट ट्रयाक प्रक्रियाबाट औषधि किन्ने प्रक्रिया



काठमाडौं । औषधिको चरम अभाव पछि सरकारले औषधि पूर्तिको लागि फास्ट ट्रयाक प्रक्रियाबाट औषधि किन्ने प्रक्रिया अघि बढाएको छ । अति आवश्यक १०५ किसिमका औषधि फास्ट ट्रयाक प्रक्रियाबाट किन्न बोलपत्र आहृवान गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले फास्ट ट्रयाक प्रक्रियाबाट करिब ४० करोड रुपैयाँको औषधि किन्ने तयारी गरेको हो । ३ महिनालाई पुग्ने गरी औषधि खरिद गर्न लागिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
अहिले गाउँ-गाउँका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लासहित अञ्चल र क्षेत्रीय अस्पतालहरुमा औषधिको अभाव रहेको  छ ।

समान्य प्रक्रियामार्फत खरिद गर्दा औषधि अभाव चर्किने भन्दै मन्त्रालयले एक महिनाभित्रै औषधि आइपुग्ने गरी खरिद अघि बढाएको प्रवक्ता श्रेष्ठले बताए । समान्य प्रक्रियाबाट खरिद गर्दा ७५ दिन लाग्थ्यो । अबको एक हप्तामा औषधि आपूर्ति गर्ने कम्पनीको टुंगो लाग्नेछ ।

प्रकाशित : ८ पुष २०७२, बुधबार १३:५२