राष्ट्रिय बीमा नीति बमोजिम विदेशी कम्पनीहरुलाई व्यवस्थीत गरिने : अर्थमन्त्री



बीमा विद्येयक २०७५ संघीय संसदमा प्रस्तुत भएको छ । संघीय संसदको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विद्येयक २०७५ प्रस्तुत गरेका हुन ।

बीमा विद्येयक संसदमा प्रस्तुत गर्दे अर्थमन्त्री खतिवडाले पुरानो बीमा समिति भन्दा बलियो बनाउन बीमा प्राधिकरणको बनाउन लागिएको जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने व्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन्।

बीमाको पहुँच बढाउन सरकारले बजेटमा नै खास खास वर्ग, क्षेत्र र उमेर समुदायलाई निशुल्क स्वस्थ्थ बीमा गरिने व्यवस्था गरिएको बताए । बीमा व्यवसाय सिमति व्यक्तिहरुको हातमा हुन नदिन धेरै बीमा कम्पनीहरुको आवश्यकता रहेको औल्याउँदै उनले प्रतिस्पर्धी व्यवसायीक वातावरण निमार्णका लागि कानून पनि बलियो बनाउनु पर्नेमा जोड दिए ।

बीमा व्यवसायमा कार्टेलिङ, फर्जी बीमाको दाबी नहोस र गल्ती गर्नेले उन्मुक्ती नपाओस भन्नका लागि बीमा समितिलाई बलियो बनाउन बीमा प्राधिकरणको अवधारणा अघि सारीएको बताए । बीमा क्षेत्रका विकृति रोक्न बीमा बिद्ययेक ल्याइएको मन्त्री खतिवडाले बताए ।

विदेशी बीमा कम्पनीहरुलाई व्यवस्थीत गर्नुपर्नेमा उनको जोड छ । राष्ट्रिय बीमा नीति बमोजिम बीमा क्षेत्रको विस्तार गरीने बताउदै उनले राष्ट्रिय पूँजीमा संचालित बीमा कम्पनीहरुलाई बलियो बनाउन राष्ट्रिय बीमा संस्थानलाइ प्राधिकरणमा लगिन लागेको स्पष्ट पारे । खतिवडाले बीमा संस्थानलाइ निजीकरण गर्ने सरकारको सोच नरहेको समेत प्रष्ट पारे ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

नेपाल इन्भेष्टमेण्ट बैंकको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सूचिकरण खारेज

प्रकाशित मिति २०७८ असार १ देखि