साताको पहिलो दिन नेप्सेमा न्यून अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

साताको पहिलो दिन नेप्सेमा न्यून अंकको सुधार



काठमाडौँ। साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक न्यून अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेको हो । ०.३० प्रतिशत कारोबार हुँदा नेप्से परिसूचक ११९४.८२ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएको १५३ कम्पनीको ७ लाख ८१ हजार ४ सय ८४ कित्त सेयर बाट १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै लाइफ इन्स्योरेन्स समुहले कमाएको छ। आज लाइफ इन्स्योरेन्स समुह ५२ दशमलव ६७ अंकले उकालो लागेको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ९ दशमलव ९२ अंकले,विकास बैँक समुह ६ दशमलव ७७ अंकले, अन्य समुह ६ दशमलव ३६ अंकले र बैँक समुह २दशमलव ९४ अंकले ओरालो लागेको छ।

आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह २० दशमलव १४ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह ६ दशमलव ८२ अंकले, जलविधुत समुह ३ दशमलव ९९ अंकले, लघुवित्त समुह १ दशमलव ५ अंकले र फाइनान्स समुह १ दशमलव १२ अंकले उकालो लागेको छ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १५:३१