लेखापाल यादव घुस लिँदै गर्दा रंगेहात पकाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लेखापाल यादव घुस लिँदै गर्दा रंगेहात पकाउ



पर्सा / पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले यादवलाई १ लाख १० हजार रुपैयाँसहित पक्राउ गरेको हो । यादवलाई वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित घरबाट घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

धोबिनी गाउँपालिकामा भएको विकास निर्माण तथा समाजिक विकास कार्य वापत चेक दिने क्रममा यादवले कमिशनको रकम बुझ्दै गर्दा उनी पक्राउ परेका हुन । कमिशनको रकम आफ्नै घरमा बुझिरहेको गोप्य सुचना आएको अधारमा अख्तियार र जिल्ला प्रहरी तथा सञ्चारकर्मीसहितको टोलीले छापामार्दा यादव पक्राउ परेका छन् ।

यादव पर्साको नापी कार्यालय, पोखरिया अस्पताललगायतका कार्यालयहरुमा लेखापालको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

प्रकाशित : १३ श्रावण २०७५, आईतवार १८:५१