विन्ध्यवासिनी हाइड्रोपावरले २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

विन्ध्यवासिनी हाइड्रोपावरले २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने



काठमाडाै । विन्ध्यवासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाईर दोस्रो चरण सर्वसाधारण गरि २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

विन्ध्यवासिनी हाइड्रोपावरले निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल नियुक्त भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न उक्त क्यापिटलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावरका तर्फबाट संचालक भरतबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले स्थानीयवासीको लागि दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता र सर्वसाधारणको लागी २५ करोड बराबरको १५ लाख कित्ता गरि जम्मा २५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार ०८:५७