डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित



नवलपरासी। नेपाली काँग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटीक लयर्स एशोसियसन डीएलएको अध्यक्षमा योगेन्द्र अधिकारी निर्वाचित भएका छन्।

आइतवार सम्पन्न भएको निर्वाचन पछि रातीबाटै शुरु भएको मतगणना सोमबार बिहान सम्पन्न भएको थियो।अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले आकांक्षा देखाए पनि अन्तिममा अधिकारी,केसी र श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका थिए।

डीएलएमा संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका केसी र अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहेका अधिकारी प्यानलबीचमा प्रतिस्पर्धा भएको थियो।

महाधिवेशनले डीएलएलाई पहिलोपटक प्रदेश संरचना लगेको छ । प्रदेश संरचनामा जाँदा केन्द्रीय समिति ४३ सदस्यीय बनाउने गरी विधान संशोधन भएको थियो।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष एक–एक जना प्रदेश उपाध्यक्ष सात जना, सचिव दुई जना सदस्य २४ जना निर्वाचित गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

१६७८ निको हुँदा, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति २०७८ असार १ देखि