एनआईसी एशिया बैंक र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंक र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडाै । एनआईसी एशिया बैंक लिमिटेडले युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार ०९:१४