यस्ता छन समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्कबीच भएका समझदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

यस्ता छन समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्कबीच भएका समझदारी



काठमाडा‌ै ।  नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ । मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले  जनाएको छ ।

 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्री थापा समाज कल्याण परिषद्का अध्यक्ष समेत छन् ।

 

सो अवसरमा मन्त्री थापाले उक्त समझदारीबाट दुबै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने बताउँदै दुई देशको सदियौं पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उपमन्त्री वाङले छिमेकी देश नेपालको विकास र नेपालीको प्रगतिमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।

 

यसैबीच चीन सरकारले काठमाडौँ महानगरपालिकालाई सडक सफा गर्न दुईवटा ग्लुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिए।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १२:०८