जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद जारी गर्ने



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद जारी गर्ने भएकाे छ । म्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो ।

यस कम्पनीमा ८० प्रतिशत सरकारको लगानी छ भने सर्वसाधारणको हिस्सा २० प्रतिशत रहेको छ । हाइड्रोपावर परियोजनाहरुको विकास तथा ऋण लगानी गर्ने काम यस कम्पनीले गर्दै आएको छ । आगामी दिनमा हाइड्रोपावरका थुप्रै परियोजना बन्ने र त्यसमा लगानी गर्नुपर्ने भएकाले कम्पनीले चुक्ता पुँजी दरिलो बनाउन लागेको हो ।

हाल यो कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद बिक्रीपछि पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ । यसको रिजर्भ कोषमा १ अर्ब ११ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीले ६२ करोड ५५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

जलविद्युत लगानी तथा विकास कम्पनीमा नेपाल सरकारको ५ अर्ब, सर्वसाधारणको २ अर्ब तथा नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र कर्मचारी सञ्चय कोषको १–१ अर्ब लगानी रहेको छ ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १२:१६