युनियन हाइड्रोपावर आईपीओ आजदेखि खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनियन हाइड्रोपावर आईपीओ आजदेखि खुल्ला



काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गते अर्थात आज देखिबाट आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ जारी गरेको छ ।

यो जलविद्युत् कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ छ । यसमा १० प्रतिशत शेयर उद्योग वा आयोजना प्रभावित क्षेत्रका लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको छ । सो पश्चात बाँकी २९ करोड १२ लाख ५५ हजार रुपैयाँको शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने छ ।

आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८ देखि १०, वेशिसहर नपाको ५ नम्बर, सुन्रदबजारको ११ नम्बर कास्की जिल्लाको रुपा गाउँपालिका १ तथा सम्पूर्ण प्रभावित क्षेत्रका स्थायी बसोबास गर्ने बासिन्दाको लागि आईपीओ जारी भएको छ ।

प्रति कित्ता एक सय रुपैयाँका दरको यो हाईड्रोपावरको आईपीओका लागि न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ता सम्म आवेदन दिन पाइने छ । यसको आइपीओको लागि छिटोमा साउन २८ र ढिलोाम भदौ १२ सम्म आवेदन दिन पाइने छ ।

यो हाइड्रोले इक्रा नेपालले कमजोर आधार जनाउने इक्रा इनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ । यसले कम्पनीको कमजो आधार जनाउने उल्लेख छ । यसको प्रति शेयर नेटवर्थ आव २०७३र७४ मा २६. ८७ रुपैयाँ मात्रै रहेको छ ।

३.३ मेवागाट क्षमताको यो आयोजना मिदिम खोला (कपुर) जलविद्युत् आयोजनाको नामले सञ्चालिन छ । यसले गत माग १० देखि नै व्यापारिक उत्पादन गरिहेको छ । यसको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १२:३१