साझा प्रकाशनमा अवकास प्राप्त कर्मचारीको धर्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

साझा प्रकाशनमा अवकास प्राप्त कर्मचारीको धर्ना



काठमाडौं । साझा प्रकाशनमा अवकास प्राप्त कर्मचारीहरुले धर्ना दिएका छन । २ वर्ष अघि अवकास प्राप्त कर्मचारीहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध नगराएको भन्दै उनीहरुले आन्दोलनमा उक्रिएका हुन ।

उनीहरुले असार ३२ गते देखि साझा प्रकाशन अगाडि धर्ना दिएका छन् । दुई वर्ष अघि आवश्यक सेवा सुविधा उपलब्ध गराउने आश्वासन सहित उनीहरुलाई अवकासमा जान इच्छुक कर्मचारीहरुको राजीनामा स्विकृत गरिएको थियो ।

अवकास प्राप्त १ सय २८ कर्मचारीलाई उपदान स्वरुप १७ करोड रुपैयाँ दिनुपर्ने हुन्छ । पछिल्लो समय साझाको आर्थिक अवस्था निकै कमजोर बनेको छ ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १३:११