विदेशमा बस्ने दोलखाबासीले अनलाइनबाट सेयर आवेदन भर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विदेशमा बस्ने दोलखाबासीले अनलाइनबाट सेयर आवेदन भर्न पाउने



काठमाडाै । विदेशमा बस्ने दोलखाबासीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनलाइनबाट सेयर आवेदन भर्न पाउने भएका छन् । बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल तथा माथिल्लो तामाकोसी आयोजनाको वेबसाइटमार्फत सेयर आवेदन भर्न पाउने ब्यवस्था मिलाउने तयारीमा लागेको छ ।

विदेशमा रहेका दोलखालीले अनलाइन फाराम भरी पठाउने र परिवारका सदस्यले सो फाराम संकलन केन्द्रमा बुझाई रकम जम्मा गरेपछि लगानी सुनिश्चित हुनेछ । बिक्री प्रबन्धक कम्पनीले सेयर निष्कासन सुरु हुनुअगावै फाराम वेबसाइडमा राख्ने तयारी गरेको छ ।

वैदेशिक रोजगारीमा रहेकाको पनि बैंक खाता नभएमा परिवारको सदस्यकै खातामार्फत सेयर आवेदन दिन पाउनेछन् । काठमाडौंमा बसोबास गर्नेले सोही ठाउँबाटै र जिल्लाका नागरिकले स्थानीय तहबाटै सेयर आवेदन भर्न पाउने व्यवस्था मिलाइने भएको छ ।

जिल्लामा रहेका दोलखावासीको हकमा भने विभिन्न २१ स्थानबाट सेयर संकलन गरिने भएको छ । दोलखावासीका लागि यही १६ साउनदेखि १४ भदौसम्मका लागि सेयर आवेदन अवधि तोकिएको छ ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १३:२५