राष्ट्र बैंकले सेयर ब्रोक्ररलाई मार्जिन लेन्डिङको काम गर्नको लागि स्वीकृत दियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकले सेयर ब्रोक्ररलाई मार्जिन लेन्डिङको काम गर्नको लागि स्वीकृत दियाे



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर ब्रोक्ररलाई मार्जिन लेन्डिङको काम गर्नको लागि स्वीकृत दिएको छ ।

राष्ट्र बैंकले एकसाता अगाडि मार्जिन लेन्डिङको काम गर्ने सम्बन्धी कार्यविधीमा स्वीकृति दिएको थियो ।

नेप्सेका कार्यविधी स्वीकृति भएको जानकारी आइसकेको छ । अहिले ५० वटा सेयर ब्रोक्ररले मार्जिन लेन्डिङको काम गर्ने सुविधा पाउने छन् । यसको लागि ब्रोक्ररको चुक्ता पुँजी ५ करोड हुनुपर्छ । अहिले ब्रोक्ररहरुको पुँजी ५ करोड छैन ।
५० वटा ब्रोक्रर कार्यालयले मार्जिन लेन्डिङको काम गर्नको लागि २ अर्ब २५ करोड रुपैयाँ लगानी पुर्याउनुपर्ने हुन्छ ।

‘मार्जिन लेन्डिङको सुविधा दिनको लागि ब्रोक्रर कम्पनीले ५ करोड चुक्ता पुँजी पुर्याउनुपर्छ, काम गर्ने वा नगर्ने भन्ने विषय ब्रोक्रर स्वतन्त्र हुने छ,’ कार्यविधीमा उल्लेख छ ।

धितोपत्र बोर्डले गत वर्षको कात्तिकमा नै ब्रोक्रर कम्पनीलाई मार्जिन लेन्डिङको सुविधा दिने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट कार्यविधी स्वीकृत नभएको हुँदा यो कार्यान्वयनमा आउन सकेको थिएन ।

यसरी नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका दलाल व्यवसायीलाई सुविधा उपलब्ध गराउने विषयमा गत वर्ष कात्र्तिक महिनामै निर्णय गरीएको थियो । निर्णय भने कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो ।
व्यवसायीले सुविधा लिन इच्छाएको अवस्थामा (नेप्से)को स्विकृति लिनुपर्छ । यसरी स्विकृति लिएपछि व्यवसायीले मार्जिन कारोबार सञ्चालन गर्न सक्ने छन् ।

ब्रोक्रर कम्पनीले मार्जिन लेन्डिङ दिन सक्ने कम्पनीमा १० हजार सेयरधनी रहेको तथा २ वर्षदेखि १० प्रतिशत लाभांश दिएको सूचिकृत कम्पनीमा मात्र दिन पाउने व्यवस्था छ । ब्रोक्रर कम्पनीले यसरी आफ्नो स्रोत तथा वाणिज्य बैंकसँग लिने रकमको दुईगुणासम्म यस्तो सुविधा दिन सक्ने छन् ।

लगानीकर्ताले सूचिकृत कम्पनीको १८० दिनको औसत मुल्य वा बजार मुल्यमा जुन कम हुन्छ त्यसको ५० प्रतिशतमात्र मार्जिन लेन्डिङ अन्तर्गत ऋण पाउने छन् ।साभार क्लिकमाण्डु डटकम

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १२:३९