एटीएमको पासवर्ड चार अंककै किन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एटीएमको पासवर्ड चार अंककै किन ?



एटीएम अर्थात अटोमेटेड टेलर मेसिन । चाहिएको बेला तुरुन्तै पैसा निकाल्न सकिने एटीएमको बारेमा नसुन्ने सायदै होलान् । अहिले त एटीएम नबोक्ने मानिस भेट्नै गाह्रो हुन्छ । हरेकको खल्तिमा एटीएम भेटिन्छ । खासगरी सुरक्षाका लागि पनि मानिसले पैसा भन्दा गोजीमा एटीएम राख्न रुचाउँछन् । पैसा हराउने वा लुटिने चिन्ता पनि नहुने भएकाले एटीएमको प्रयोग दिनप्रतिदिन बढ्दो छ ।

यदि तपाईंले पनि एटीएम प्रयोग गर्नुहुन्छ भने पक्कै थाहा हाोला, एटीएमको पासवर्ड चार अंक (फोर डिजिट)को हुन्छ । तर, किन ? कहिल्यै यसरी सोच्नु भएको छ ? तपाईंलाई जानकारी होला सामाजिक सञ्जालहरुदेखि इमेल आईडीसम्म पनि कम्तिमा ६ अंकको पासवर्ड राख्नु अनिवार्य छ । तर, झन त्यति संवेदनशील एटीएममा चार अंकको पासवर्ड किन त ? तर, यसको कारण भने निकै रोचक छ ।

एटीएमको आविश्कार जोन एड्रियन शेफर्ड ब्यारोनले गरेका हुन् । उनको जन्म भारतको आसाम राज्यस्थित सिलोंगमा भएको थियो । उनले एटीएमको अवीस्कार गर्दैगर्दा ६ अंकको पासवर्ड प्रयोग गर्ने सोचेका थिए । तर, आफ्नी पत्नीका कारण उनी आफ्नो सोंचमा पुनर्विचार गर्न बाध्य भए ।

उनकी पत्नीले ४ अंकभन्दा माथिको पासवर्ड याद गर्न सक्दिन थिईन् । अथवा भनौं उनलाई ४ अंकभन्दा माथिको पासवर्ड याद् गर्नका लागि निकै नै कष्ट गर्नुपर्थ्यो । सोही कारण आफ्नी पत्नीको आग्रह र उनको बाध्यतालाई मध्यनजर गर्दै सेफर्डले एटीएमको पासवर्ड ४ अंकको राख्ने निर्णय गरे ।

सोही कारण हामी अझैसम्म पनि एटीएममा ४ अंकको पासवर्ड प्रयोग गरिरहेका छौं ।

Source: zeenews

प्रकाशित : ८ पुष २०७२, बुधबार १४:०१