मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीको राजीनामा स्वीकृत



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । खत्रीले साउन ९ गते राजीनामा दिएका हुन् ।

उनको राजीनामा साउन १३ गते बसेको सञ्चालक समितिको २२७ औं बैठकले स्वीकृत गरेको हो । उनी सो बैंकमा ०७३ साल असार २९ गते नियुक्त भएका थिए ।

खत्रीले राजीनामा दिए पश्चात हाल उनले सम्हाल्दै आएको स्वतन्त्र सञ्चालकको स्थान रिक्त रहेको मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलले बताए ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १६:००