हुम्लाका बालबालिकाको सहयोगार्थ दौड  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हुम्लाका बालबालिकाको सहयोगार्थ दौड 



काठमाडाैँ । वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाकाप्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागिता रहेकोथियो ।

दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का  आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए । त्यसै गरि महिला तर्फप्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का रतृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन ।

म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड,प्रमाण र मेडल प्रदान गरेका थिए ।

हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालयस्थापना गर्ने  उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौं संस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबाद समेतदिए ।

प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सनललितपुर  लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथैबिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १६:२८