महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम २०७५ सञ्चालन



काठमाडाै । महालक्ष्मी विकास बैंक लि. ले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । आइतबारबाट सञ्चालनमा आएको उक्त कार्यक्रम उपत्यकामा अवस्थित बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै जारी रहनेछ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ ।

यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नुहुनेछ । बैंकले श्रावण महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो ।

बैंकले श्रावण १३ गते बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । पहिलो दिनमै मेहेन्दी लगाउन आउनुहुने महिला ग्राहकको सकारात्मक प्रतिकृया बटुलेको महालक्ष्मी विकास बैंकले क्रमश ः महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा श्रावण १४ देखि श्रावण १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने छ ।

 

 

प्रतिक्रिया दिनुहोस
युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठलाई नियुक्त

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको सरकारलाई आग्रह

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट

प्रकाशित मिति २०७८ असार १ देखि