बुद्धिजिवी तथा परोपकारी समाज मलेसियाले पायो पुर्णता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बुद्धिजिवी तथा परोपकारी समाज मलेसियाले पायो पुर्णता



क्वालालम्पुर / मलेसियामा समाजसेवा गर्ने उद्देश्यले गठन भएको बुद्धिजिवी तथा परोपकारी समाजले पूर्णता पाएको छ । केही समय अध्यक्ष र उपाध्यक्ष मात्र छनौट गरी गठन भएको समाजमा आइतबार थप पदाधिकारी चयन भएसँगै पुर्णता पाएको हो ।

समाजको अध्यक्षमा शंकर प्रसाद आचार्य र उपाध्यक्षमा श्याम कार्की यस अघि नै निर्विरोध चयन भएका थिए । त्यस्तै,  महासचिवमा अरुण गीरी, कोषाध्यक्षमा रोशनी न्यौपाने, सदस्यमा हरि प्रसाद न्यौपाने, महिला सदस्यमा शुष्मा डंगोल चयन भएका छन् ।

प्रकाशित : १४ श्रावण २०७५, सोमबार १९:१५