आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर



काठमाडौं । आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् ।

आफू मिस नेपाल वल्र्ड २०१८ भएता पनि आफनो इन्जिनियरिंग पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको उनले सुनाइन् ।

वर्तमान समयमा निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको कुरा औंल्याउँदै आर्किटेक्ट मिस नेपाल खतिवडाले आर्किटेक्टहरुले भबन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग गर्न जोड दिइन् । मिस नेपाल श्रृंखलाले गोर्खा इको प्यानलको उपयोगीताबारे धेरै अध्ययनपश्चात मात्रै ब्राण्ड एम्वेसडर बन्न राजी भएको खुलाइन् ।
गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल वल्र्ड २०१८ श्रृंखलाले दुई पक्षबीचको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आर्किटेक्ट इन्जिनियहरुको भाबनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकोले आर्किटेक्ट मिस नेपाल श्रृखलालाई ब्राण्ड एम्वेसडर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ०९:०२