नेपाल बैंकले देखायो नाटक, बिक्न नसकेको एफपीओको आवेदन फेरि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल बैंकले देखायो नाटक, बिक्न नसकेको एफपीओको आवेदन फेरि खुला



काठमाडाै । नेपाल बैंकले बिक्न नसकेको थप नयाँ साधारण शेयर अर्थात एफपीओको आबेदन फेरि खुला गरेको छ । बैंकले आम सर्बसाधारण र संस्थागत लगानीकर्ताका लागि नभई बैंकका संस्थापक, संचालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा बैंकको ब्यवस्थापना तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न ब्यक्तिहरुका लागि एफपीओ आवेदन खोलेको हो ।

बैंकले बिक्रीमा ल्याएको एक करोड ७६ लाख कित्ता एफपीओ निधोीरत मिति साउन १३ गतेसम्ममा पुरै बिक्री नभएकाले साउन १७ गतेसम्म संचालक र अन्यले आबेदन गर्न पाउने गरी आबेदन खुल्ला गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उनीहरुका लागि पनि प्रति कित्ता २८० रुपैयाँ नै मूल्य तोकिएको छ तर आबेदन गर्न पाउने अधिकतम सिमा उल्लेख गरिएको छैन ।

एफपीओमा कर्मचारी संचय कोषले एक अर्ब रुपैयाँ बराबरको आबेदन गर्दा जम्मा दुई अर्ब ७० करोड बराबरको मात्र आबेदन परी ५४ प्रतिशत शेयर बिक्री भएको थियो ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ०९:०५