नेपाल क्रेडिट एण्ड कमर्स बैंकले हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले हकप्रद निष्काशन गर्ने



काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले भदौ ४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयर असोज ७ गतेसम्म भरिसक्नु पर्नेछ ।

बैंकले १०० बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गर्न लागेको हो ।

पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको एनसीसीले चुक्ता पुंजी ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएपनि हकप्रद निष्काशन पश्चात ७ अर्ब १ करोड चुक्ता पुंजी पुग्नेछ । बाँकी करिब १ अर्ब चुक्ता पुंजी पुर्याउन बैकले बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ ।

सनराइज क्यापिटललाई हकप्रद शेयर निष्काशन तथा विक्रीको रुपमा नियुक्ति गरेको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ११:१३