सुनको मूल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्यमा गिरावट



काठमाडाै । साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा १ सय रुपैयाले घटेर ५६ हजार ४०० रुपैया भएको थियो भने मंगलबार पनि तोलामा १ सयले घटेर ५६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । बजारमा सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार तोलामा रु ५ ले घटेर प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ११:१८