ज्योति विकास बैंकको नाफा ३३.५८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ज्योति विकास बैंकको नाफा ३३.५८ प्रतिशतले बढ्यो



काठमाडौ । ज्योति विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३३.५८ प्रतिशतले बढेको छ । यो बैंकले गत वर्षको तुलनामा ७ करोड ७६ लाख २२ हजार रुपैयँले नाफा बढाउन सफल भएको छ ।

यो बैंकले गत वर्ष ३० करोड ५१ लाख ८० हजार नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष २२ करोड ८४ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

यो बैंकको चुत्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ५१ करोड ५३ रुपैयाँ छ । यसले गत आवसम्ममा १९ अर्ब ५४ करोड ८२ लाख निक्षेप संकलन गरेर १६ अर्ब १० करोड ४ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

यसको लगानी ७७ करोड ६८ लाख रहेको छ । यो बैंकले खराब कर्जा अनुपात ०.३६ प्रतिशत छ । यसको सीडी रेसियो ७१.१२ प्रतिशत छ भने आधार दर १२.६८ प्रतिशत रहेको उल्लेख छ । यसको प्रतिशेयर आम्दानी ११.७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९.८७ रुपैयाँ रहेको छ ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ११:४२