हिमालयन बैंकको ४२ प्रतिशत लाभांस पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकको ४२ प्रतिशत लाभांस पारित



काठमाडौं । हिमालयन बैंकको २३औं वाषिर्क साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ४२ प्रतिशत लाभांस दिने सञ्चालक समितिले प्रस्ताब पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र ७.१० प्रतिशत नगद लाभांस गरी ४२ प्रतिशत लाभांस दिएको हो । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालू आर्थिक वर्षको मौदि्रक नीतिमार्फत नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्त्सम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । जसअनुसार आगामी दुई वर्षमा बैंकले ३ अर्ब ५० करोड ९ लाख रुपैयाँ पुँजी थप्नुपर्ने छ ।

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न साधारणसभाले बोनस सेयर वितरणपछिको चुक्ता पुँजीको १४.२८ प्रतिशतका दरले हुने ७ः१ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

२३ वर्षदेखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको बैंकका अध्यक्ष श्रेष्ठले उल्लेख गरे । उनले स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप सुलभ तथा स्तरीय सेवा पुर्‍याउने लक्ष्यमा बैंक सदाझैं प्रतिबद्धा जनाए ।

हालसम्म बैंकले ७३ अर्व ५३ करोड निक्षेप संकलन र ५५ अर्व ४२ करोड कर्जा प्रवाह गरेको जानकारी गराउनु भयो जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.७० र १९.३३ प्रतिशतले बढी हो ।

प्रकाशित : ८ पुष २०७२, बुधबार १५:५१