नेपालको पुर्वाधार बिकासमा थप सहयोग गर्न तयार छौ ः जापान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपालको पुर्वाधार बिकासमा थप सहयोग गर्न तयार छौ ः जापान



काठमाडाैँ ।शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालकालागि जापानी राजदुत मासामिचि साइगोबीच सोमवार शिष्टचार भेटवार्ता भएको छ । सिहदरवार स्थित मन्त्रालयमा भएको भेटमा राजदुत साइगोले आफ्नो कार्यकालमा नेपालकोसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताउनु भयो ।
राजदुत साइगोले नेपालको पुर्वाधार बिकास, र भूकम्प पछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामीदिनमा दिगो पुनर्निर्माण र पुर्वाधार बिकासमा थप सहयोग बिस्तार गर्ने बताउनुभयो ।
भेटमा मन्त्री राईले नवनियुक्त राजदुतका रुपमा नेपाल आएकोमा बधाई दिदै उहाँको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताउनुभयो ।
मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय बिकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्चमुल्याङकन गरेको बताउनुभयो । उहाँले कुलेखानी जलविद्युत आयोजना र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुरयाएको बिकास योगदान आफैमा बिशिष्ट रहेको भन्दै काठमाण्डौ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्चमुल्याङकन गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार ११:५६