एनआइसी एसिया बैंकको नाफा १ अर्ब ४९ करोड



काठमाडौं । एनआर्इसी एसिया बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले वित्तिय विवरण सार्वजनिक गरी गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७३।७४ को भन्दा २१ करोड रुपैयाँ बढि हो । सो आवमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो ।

एनआइसी एसियाले १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षमा बैंकले १३ अर्ब २९ करोड ब्याज आम्दानी गरेको छ । बैंकले आक्रमक रुपमा शाखा विस्तार र

महंगोमा निक्षेप परिचालन गर्दा खर्च बढेको छ । समीक्षा अवधिमा बैंकले ९ अर्ब ३३ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकले २०७३ असार मसान्तमा ६ अर्ब ९० करोड ब्याज आम्दानी गरेर ४ अर्ब ३६ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो ।

एनआइसी एसियाको खराब कर्जा लगभग शुन्य अवस्थाा पुगेको छ । गत असारसम्म बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको आधार ब्याजदर बढेर ११.१६ प्रतिशत पुगेको छ । आर्थिक वर्षको अन्तिम महिनामा ब्याजदर अन्तर (स्प्रेड ) ५.१० प्रतिशत रहेको छ । बैंकको निक्षेप लागत ७.६७ प्रतिशत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

सर्वाेत्तमकाे सेयर खरिद प्रकरणः अख्तियारले थाल्यो अनुसन्धान

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वाेत्तमकाे सेयर खरिद प्रकरणकाे विषयमा अनुसन्धान

मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने

काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ

नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ

प्रकाशित मिति २०७८ असार १ देखि