अन्तर- कलेज भिडियो प्रतियोगिता २०१८ का विजेता थापाथली क्यामपस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तर- कलेज भिडियो प्रतियोगिता २०१८ का विजेता थापाथली क्यामपस



काठमाडौँ ।Stairclimbing Wheelchair समूहले प्रतियोगितामा प्रथम स्थानमा पर्न सफल भई नगद पुरस्कार रू. १ लाख जित्न सफल भएको छ । प्रतियोगिता प्याकएशियाले Macquarie University सँग मिलेर आयोजना गरेको थियो भने ग्लोकल प्रा. लीद्वारा डिजाइन गरिएको हो ।
सोहि समुहका सदस्यहरू: सरोज महर्जन, रुपेन्द्र अर्याल र रमेश कुमार श्रेष्ठ द्वारा निर्मित भिडियोमा अपन्गता भएका व्यक्तिहरुले भोग्ने गरेको दैनिकीसमस्याहरुलाई ध्यानमा राखी भर्यांग चडने साधनको निर्माण गरेको भिडियोकारण प्रतियोगिता जित्न सफल भएको हो ।
प्रतियोगितामा १५ कलेज बाट जम्मा ३० समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य शीर्षक- “नेपाल निर्माणमा भविष्यका इन्जिनियर”रहेको थियो । गत साता उत्कृस्ट ५ समुहको छनौट गरिएको थियो जस मध्ये:
• इन्जिनियरिङ संस्थान, पुर्बांचल क्यामपसका समूह Mech-minds
• पुल्चोक इन्जिनियरिङ क्यामपसका समूह ZyabaSqaud
• इन्जिनियरिङ संस्थान, थापाथली क्यामपसका समूह Stairclimbing Wheelchair
• इस्लिंगतन कलेजका समूह Digixel Inc
• अडवान्स्द कलेज अफ इन्जिनियरिङ एंड म्यानेजमेन्टका समूहAdvanced रहेको थियो ।
प्रतियोगिताको विजेता छनौट जुरी सदस्यद्वारा गरिएको हो; विजेताको छनौट केहि मूल्यांकन मापदंडको आधारमा गरिएको थियो जस्तै:
७०% – विचार, अवधारणा र भिडियो को सामग्री
३०% -आफ्नो youtubeमा भिडियोको लाइकको संख्या

प्रतियोगिता काठमाडौँ जिल्लाका अन्तिम वर्षको इन्जिनियरिङ विद्यार्थी र स्नातक डिग्री प्राप्त इन्जिनियरहरूका लागि आयोजना गरिएको थियो।

Hotel Mulberry मा आयोजित कार्यक्रममा,Mr. Riasat Hussain,Country Manager South Asia of Macquarie International, shared – “प्राप्त भिडियोहरु अत्यन्त नविन थियो हामी येस्ता सिपलाई प्रोत्साहन गर्दा छौ।

प्रकाशित : १५ श्रावण २०७५, मंगलवार १२:२८