जनता बैंकले सुरु गर्यो पीओएस सेवा



काठमाडाै । नेपाल सरकारको नगदरहितको कारोवार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरुको सुविधाको लागि जनता बंैक नेपाल लिमिटेडले पीओएस सेवा शुरु गरेको छ । भिसा ईन्टरनेशनलसँग आवद्घ भई देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट पीओएस सेवा संचालन गर्ने क्रममा बैंकले पश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुटवलबाट यो सेवा सुरु गरेको हो ।

बैंकको नयाँमिल शाखाले त्यहाँस्थित होटल लक्ष्मी रुपन्देही प्रा.लि., डार्क वुड रेष्टुरेन्ट एण्ड लङ्गबार प्रा.लिमा पीओएस मेशिन जडान गरेको शाखा प्रमूख प्रकाश खनालले जानकारी दिए । उनले आगामी दिनमा अन्य ब्यापारिक क्षेत्रहरुमा पनि क्रमशःपि.ओ.एस. सुविधा थप गर्ने बताए ।

पि.ओ.एस. सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगदरहित भुक्तानी कारोवार गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

मेगा बैंकको सेवा अब नागरिक एपमा पनि पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत लाभांशका

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने

विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई

प्रकाशित मिति २०७८ असार १ देखि