धितोपत्र बोर्डले लगानीकर्तालाइ प्रशिक्षण कार्यक्रम सुरु गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

धितोपत्र बोर्डले लगानीकर्तालाइ प्रशिक्षण कार्यक्रम सुरु गर्ने



काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आफ्नो नीति तथा कार्यक्रम अनुसार लगानीकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।बोर्डले आर्थिक वर्ष २०७५।७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम अन्तर्गत मुख्यतःनयाँ लगानीकर्तालाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी निरन्तर प्रशिक्षण तथा जनचेतना अभिबृद्धि गर्न पाक्षिक रुपमा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेकाे हाे ।

बोर्डले एक सूचना प्रकाशित गर्दै आगामी साउन २५ गते शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ५० जना लगानीकर्तालाई प्रशिक्षण दिइने जानकारी दिएको हो ।

त्यसका लागि बोर्डले कार्यालयको फोन नं. ०१-५०००१०२/१६२/१०२ मा सम्पर्क गरी आफ्नो नाम टिपाउन आह्वान गरेको छ । पहिलो ५० जनालाई मात्र साउन २५ गतेको कार्यक्रममा सहभागी गराइने र बाँकी लगानीकर्तालाई क्रमशः सहभागी गराउँदै लगिने बोर्डको सूचनामा उल्लेख छ ।

प्रशिक्षण कार्यक्रम जावलाखेलस्थित बोर्डकै हलमा आयोजना हुनेछ । हलको अधिकतम क्षमता ५० जना मात्रै हो ।

बोर्डले अब प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार निःशुल्क रुपमा धितोबजार तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने समेत बताएको छ ।

 

प्रकाशित : १६ श्रावण २०७५, बुधबार १२:३१