बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता



काठमाडाै । गैरआवासीय नेपालीहरुद्वारा प्रवद्वित बेष्ट रेमिट नेपाल र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बेस्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङ र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स रकम एनआईसी एसिया बैंकका मुलुकमा विभिन्न भागमा रहेका ६८ शाखाबाट भुक्तानी लिन सकिनेछ । कम्पनीका प्रवन्ध निर्देशक तामाङले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन सम्झौंताले थप सहज बनाउने बताए ।
कम्पनीले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग सम्झौंता गरेको दावी गरेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७२, बुधबार १४:४९