शिखर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिखर इन्स्योरेन्सको ३० प्रतिशत लाभांश प्रस्ताव



काठमाडौ । शिखरइन्स्योरेसको १३१ औ संचालक समितिको बैठकबाट चुक्ता पुँजीको ३० दशमलव ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो  । सो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई प्रस्ताव बमोजिमको लाभांश वितरण गरिने छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० दशमलव ८ प्रतिशत र एफपिओ वितरण पश्चायत कायम चुक्ता पूँजीको २६ दशमलव ३१ प्रतिशत बोनश विवतरण गर्ने जनाएको छ । कम्पनीले एफपिओ मार्फत बनेका शेयरधनीलाई पनि बोनस वितरण गर्ने जनाएको छ । प्रस्ताबित बोनस शेयर पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ४६ करोड ७८ लाख रुपैयाँ पुग्नेछ र एफपिओ जारी भए पछि ४७ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

कम्पनीले गत आर्थिक बर्षमा २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । प्रतिशेयर आम्दानी ६९ रुपैयाँँ र मुल्य आम्दानीको अनुपात १० गुणा रहेको छ ।

प्रकाशित : ८ पुष २०७२, बुधबार १६:१५