सिएनआई थिङ्कट्याङ्कको पुस्तकः २१औँ शताब्दीमा त्रिदेशीय व्यापारबारे नयाँ बहस थालनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिएनआई थिङ्कट्याङ्कको पुस्तकः २१औँ शताब्दीमा त्रिदेशीय व्यापारबारे नयाँ बहस थालनी



काठमाडौं । निजी क्षेत्रको ‘इनिसिएटिभ’ नेपाल उद्योग परिसंघले (सिएनआई) बेलाबखत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमै असर पार्ने खालका गतिविधि सञ्चालन गरिरहेको हुन्छ ।

विशेष गरी औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सरकार र निजी क्षेत्र दुवैको भूमिकाबारे उसले दिने विचार अर्थपूर्ण रुपमा हेरिन्छ ।

यतिबेला सिएनआई अन्तर्गत रहेको प्रबुद्ध परिषद अर्थात् थिङ्कट्याङ्कले नेपाल, भारत र चीनसँग जोडिएर नयाँ खाले ‘ट्रेड डिस्कोर्स’ सुरु गरेको छ ।

सिएनआई थिङ्कट्याङ्क संयोजक शम्भुराम सिंखडाद्वारा लिखित ‘नेपाल, भारत, चीन– २१औँ शताब्दीमा सम्बन्ध विस्तार’ नामक अग्रेजी पुस्तक आएसँगै नयाँ शताब्दीमा त्रिदेशीय सम्बन्धबारे फरक आयामबाट बहस सुरु भएको हो ।

राजधानी काठमाडौंमा वशेष कार्यक्रम मार्फत् लोकार्पण गरिएको उक्त पुस्तकको विमोचन समारोहका प्रमुख अतिथि थिए अर्थमन्त्री डा. युवराज खतिवडा ।

अर्थमन्त्री खतिवडाले त्रिपक्षीय आर्थिक सम्बन्ध सुदृढ एवं विस्तार गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

परिसंघद्वारा आयोजित ‘समृद्धिको मार्गचित्रको कार्यान्वयन र अन्तर्राष्ट्रिय समुदायको भूमिका’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले परिसंघका गतिविधिले सरकार र निजी क्षेत्रको सहकार्यबाट मुलुकको समृद्धि हासिल हुने मार्गचित्र दिन खोजेको बताएका थिए ।

कार्यक्रममा मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो आर्थिक विकासको लक्ष्य हाँसिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग, सद्भावले थप ऊर्जा प्रदान गर्ने विश्वास डा खतिवडाले व्यक्त गरेका थिए ।

नेपाल–भारत सेन्टर स्थापना गर्ने सहमति

सो अवसरमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पिएचडी चेम्बर अफ कमर्सका अध्यक्ष अनिल खेतानले नेपाल–भारतका दुबै देशका चेम्बरमा नेपाल भारत सेन्टरको स्थापना गर्न सहमति गरेको सिएनआइले जनाएको छ ।

जसको कार्यकारी समितिमा पिएचडी चेम्बरका तर्फबाट पूर्वराजदूत केभी राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्वाण चौधरीले नेतृत्व गर्ने भएका छन् ।

समिति जन्मनुको उद्देश्य समेत प्रस्ट पार्दै भावी दिनहरुमा– पूर्वाधार, जलस्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि जस्ता विकास र पूर्वाधार क्षेत्रमा नेपाल र भारत दुवै मुलुकबीच आर्थिक सदृढीकरण गर्ने समेत व्यहोरा समावेश भएको छ ।

औद्यागिक उद्देश्यका साथ बन्ने नेपाल भारत केन्द्रले आगामी दिनको कार्ययोजना तय गर्न आवश्यकता अनुसार उपसमिति गठन गर्ने जनाएको छ ।

कम्तीमा वर्षको एक ‘मेगा’ कार्यक्रम गर्ने योजना संघले अघि सारेको छ ।

कार्यक्रममा नेपालको तीव्र आर्थिक विकासका लागि कतिपय पुराना ऐनकानुन सान्दर्भिक नभएबारे पनि चर्चा भएको थियो ।

नेपालमा लागनीमैत्री वातावरण सिर्जना गर्न नीति, नियम र राजनीतिक दलहरुको दलीय चरित्र पनि प्रमुख कुरा हो ।

विदेशीलाई लगानीलाई आकर्षण गर्न मुलुकमा १५ प्रतिशत घरेलु बचत र ४५ प्रतिशत लगानी आवश्यकताको खाडल पनि पूर्ति गर्न नेपालका औद्योगिक नीतिमा आमूल परिवर्तन गर्न खाँचो रहेको कार्यक्रममा वक्ताहरुले बताए ।

नेपाल भारत समृद्धिको नारा र बाटो उस्तै

कार्यक्रमका वक्ताहरुले त्रिदेशीय सम्बन्ध र आयामभित्र नेपाल भारत बीचको हितबारे चर्चा केन्द्रित गरेका थिए ।

पिएचडी चेम्बर अफ कमर्सका अध्यक्ष खेतानले नेपालले समृद्धिका लागि लिएको नारा समृद्ध नेपाल सुखी नेपाली र भारत सरकारले लिएको समानताको नाराले दुवै मुलुकलाई समृद्धिको आधारमा सहकार्य गर्न सकिनेन सम्भावना देखाएको बताएका थिए ।

कार्यक्रममा आतिथिका रुपमा रहेका नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले दुई मुलुकबीच खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पछि विभिन्न क्षेत्रहरुमा दुई देशीय सम्झौताहरुक्रमिक कार्यान्वयन भइरहेको बताएका थिए ।

पर्यटन, कनेक्टिभिटी, विद्युत् प्रसारण जस्ता क्षेत्रमा आशातीत उपलब्धी हाँसिल गर्न दुबै मुलुक प्रयत्नशील रहेको उनको भनाइ थियो ।

नेपालको विकास प्रयासमा भारतबाट सधै साथ रहने उनको भनाइ छ ।

हालै दुई व्यापारिक÷औद्योगिक प्रतिनिधिमूलक संस्था बीच सम्पन्न भएको समझदारी पत्रको माध्यमबाट ठोस परिणाम आउने उनको अपेक्षा छ ।

कार्यक्रममा अतिथिका रुपमा गणतन्त्र कोरिया ग्वाज्जु सहरका पूर्वमेयर डा युन जाङ ह्यानले आफू नेपालको असल मित्र रहेको र नेपालका आर्थिक विकासमा आफ्ने देशले पनि सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरु, वैदेशिक एवं दातृ निकायका प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा उद्यमी–व्यवसायीहरुको सहभागिता थियो ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार १३:५५