इन्टरनेशनल डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्टरनेशनल डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । इन्टरनेशनल डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकको संचालक समितिले चुक्ता पुँजीको ९ दशमलव ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि करिब शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश लाभांश दिने प्रस्ताव गरेको थियो ।

हाल ७० करोड ४ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्ताबित बोनस शेयर पारित भए पश्चात चुक्ता पूँजी ७७ करोड ८ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षमा १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । त्यसै गरि बैंकले चालु आर्थिक बर्षमा निक्षेपमा ५ अर्ब ५ करोड १५ लाख रुपैयाँ र कर्जा तर्फ ४ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ । निस्क्रिय कर्जा शुन्य दशमलव ९१ प्रतिशत, जोखिम युक्त सम्पति १५ दशमलव ९२ प्रतिशत, प्रतिशेयर आम्दानी ९ दशमलव ७६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २१ दशमलव ४२ गुणा रहेको छ ।

प्रकाशित : ९ पुष २०७२, बिहीबार १३:१०